आरजु राणाद्वारा युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा

शनिबार, ११ असोज २०८२, १३ : १७

काठमाडौं- निवर्तमान परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् ।

जेनजी आन्दोलनका क्रममा उक्त स्कुलमा तोडफोड र आगजनी हुँदा व्यापक क्षति भएको थियो ।

राणा उक्त स्कुलको लगानीकर्ता नभई व्यवस्थापन समितिको अध्यक्षमात्रै हुन् । तर, पनि अराजक भीडले आरजुको स्कुल’ भन्दै युलेन्सलाई निशाना बनाएको थियो ।

अहिले राणाले अभिभावकको बैठकमा राजीनामा दिएको जानकारी गराएको एक अभिभावकले बताए । उनले राजीनामा दिएसँगै छिट्टै नयाँ अध्यक्ष छान्ने तयारीमा स्कुल रहेको छ । यसैगरी  खरानीबाट उठेर फेरि नयाँ ढंगले स्कुल सञ्चालन गर्ने तयारीमा युलेन्स रहेको बताइएको छ । 

 
शनिबार, ११ असोज २०८२, १३ : १७

प्रतिक्रिया