काठमाडौं- प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सव सम्पन्न गरी १९ औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा बैंकले ग्राहक, नियामक निकाय, सञ्चालक, कर्मचारी र शुभेच्छुकप्रति आभार प्रकट गरेको छ।
बैंकले स्थापना कालदेखि निरन्तर प्रेरणा, प्रोत्साहन र मार्गदर्शन गर्ने सबैप्रति विशेष कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी, गुणस्तरीय र नवीनतम बैंकिङ सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएको छ।
प्राइम कमर्सियल बैंकको हाल देशभर ११३ वटा शाखा रहेका छन् ।
प्रतिक्रिया