काठमाडौं- दसैँलाई लक्षित राखेको अफरका कारण बिवाईडी गाडीको बुकिङ १८० माथि पुगेको छ ।
ललितपुरको विवाईडी डिलरमा मात्रै दशैं लक्षित अफरका कारण गाडीको बुकिङ्गमा वृृद्धि आएको हो । विवाईडीमा राखेको ५ वटा विशेष अफरले यसको बिक्री र बुकिङ्गमा सुधार ल्याउन मद्दत गरेको छ । विवाईडीको एट्टो–वान, एट्टो–टु र सियालिनको प्रवेशले गाडीको बुकिङ्गमा बृद्धि ल्याएको छ । दशैंलाई लक्षित ल्याएको अफर विवाईडी गाडीको लागि सकारात्मक भएसँगै ग्राहकको रुचि यस तर्फ बढिरहेको छ ।
विवाईडीको दशैं अफर र ग्राहकको आकर्षण
विवाईडीले दशैंमा ग्राहकका लागि विशेष ५ अफर ल्याएको छ । यी ५ वटा अफरले विवाईडीको खरिद–विक्री र बुकिङ्गमा प्रभाव पारेको छ । विवाईडीको पहिलो अफर अन्तर्गत एक वर्षको अटो प्लस इन्स्योरेन्स रहेको छ । यस अफर अन्तर्गतको इन्स्योरेन्सले ब्याट्रि र गाडीलाई कभर गर्ने गर्दछ । होम चार्जर र पोर्टएबल चार्जर विवाईडीले दशैंका लागि ल्याएको दास्रो अफर हो । विवाईडीको तेस्रो अफरअन्तर्गतमा एट्टो–थ्री मोडलमा १ लाख ५० हजार रुपैयाँसम्मको क्यास डिस्काउट दिएको छ ।
विवाईडीको चौथो अफरमा १० वर्षको एक्सटेन्डेड वारेन्टी पनि दिइएको छ । विवाईडीको पाँचौ अफरमा एक वर्षको रोड ट्याक्सको सुविधा रहेको छ । विवाईडीले दिएको यी पाँच अफरका कारण विवाईडीको ललितपुर डिलरमा एक दिनमा नै १० जनासम्म ग्राहक इन्क्वाइरीका लागि आउने गरेका छन् । यो इन्क्वाइरी एट्टो–वान र एट्टो–टुका लागि रहेको छ ।

‘विवाईडीको बुकिङ्ग पहिलेको दशैंभन्दा अहिले राम्रो छ । नयाँ मोडल एट्टो–वानमा ग्राहक बढी उत्सुक छन् ।’, विवाईडी ललितपुर डिलरले आजको अर्थलाई भने, ‘प्रिमियम सिग्मेन्टको सियालिन–सेभेनमा ग्राहक झुमिएका छन् । एसयुभि एट्टो–टुको प्राइस पोइन्ट राम्रो छ । एट्टो–वान र एट्टो–टुको बुकिङ्ग राम्रो छ । दशैंमा मात्रै यहाँ १८० प्लस गाडी बुकिङ्ग भए ।’
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले गरेको नाडा अटो शो–२०२५, नेपाल अटोमोबाइल इम्पोटरर्स एण्ड म्यानुफ्याक्चरर्स (नाइमा) ले गरेको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५ र दशैंमा मुलुकभर विवाईडीका २२ सय गाडी बुकिङ्ग भएका छन् ।
दशैंमा विवाईडीको कुन गाडीमा ग्राहक आकर्षित भए ?
नेपालका लागि बिवाईडीका आधिकारिक विक्रेता साइमेक्स इंक प्रा.लि. हो । बिवाईडीले इन्ट्री लेभलको गाडी एट्टो–वान देखि लक्जरी सेग्मेन्टको बिवाइडीको सेलियन–सेभेनसम्मको गाडी बजारमा ल्याएको छ । बिवाइडी एट्टो–वान डाइनामिकको मूल्य २८ लाख ९५ हजार रुपैयाँ राखिएको छ । त्यसैगरि बिवाइडी एट्टो–वान प्रिमियमको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ रहेको छ । ग्राहकले बिवाइडीको एट्टो–वानमा बढी रुचि देखाएसँगै शोरुममा भिड झुम्एिको देख्न पाइन्छ ।
बिवाइडीको एट्टो–टुमा पनि ग्राहक झुम्एिका देख्न सकिन्छ । बिावाइडीको एट्टो–टुको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ रहेको छ । बिवाइडीको सेलियन–सेभेन लक्जरी सेग्मेन्टमा पर्ने गाडी हो । यसको बारेमा जानकारी लिनका लागि ग्राहक उत्सुक भएसँगै भिड बढी लाग्ने गरेको शोरुममा देखिन्छ । बिवाइडी सेलियन–सेभेनको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेको छ । बिवाइडीका अन्य गाडी पनि उतिकै लोकप्रिय छन् ।
बिवाइडीको एट्टो–थ्री एड्भान्सको मूल्य ५६ लाख ९० हजार रुपैयाँ रहेको छ भने बिवाइडी सुपिरियरको मूल्य ६७ लाख ८० हजार रुपैयाँ रहेको छ । त्यसैगरि बिवाइडीको डल्फिनको मूल्य ४१ लाख १५ हजार रुपैयाँ रहेको छ । साथै बिवाइडीको एमजीको मूल्य ५८ लाख ९० हजार रुपैयाँ रहेको छ । दशैंमा बिवाइडीका एट्टो–वान, एट्टो–टु र सेलियन–सेभेन मा ग्राहकले बढी रुचि देखाएका छन् ।






प्रतिक्रिया