यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

शुक्रबार, १७ असोज २०८२, ०७ : २६

काठमाडौं–नेपाल राष्ट्र बैंकले आज (असोज १७, शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज अमेरिकी डलर, चिनियाँ युआन, साउदी अरेबियन रियालको मूल्य स्थिर बस्दा युरोपियन युरो, स्विस फ्रयाङ्क, सिंगापुर डलर, जापानी येनको मूल्य बढेको छ भने अस्ट्रेलियन डलर, क्यानेडियन डलरको भाउ केही घटेको छ । 

आज निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा छ। हिजो बिहीबार पनि यस्तै थियो ।

यस्तै आज युरोपियन युरो १ को खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १३ पैसा कायम गरिएको छ। बिहीबारको तुलनामा यसको भाउ केही बढेको हो । बिहीबार युरोपियन युरो १ को खरिददर १६६ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९० पैसा थियो । 

यूके पाउन्ड स्टर्लिङ १ को खरिददर १९० रुपैयाँ ८२ पैसा र बिक्रीदर १९१ रुपैयाँ ६३ पैसा कायम गरिएको छ। बिहीबारभन्दा यसको मूल्य केही घटेको हो । बिहीबार यूके पाउन्ड स्टर्लिङ १ को खरिददर १९० रुपैयाँ ९५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ७६ पैसा थियो । 

यस्तै आज स्विस फ्रयाङ्क १ को खरिददर १७७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६९ पैसा कायम गरिएको छ। यसको भाउ भने बिहीबारको तुलानामा केही बढेको हो । बिहीबार स्विस फ्रयाङ्क १ को खरिददर १७७ रुपैयाँ ५० पैसा र बिक्रीदर १७८ रुपैयाँ २५ पैसा थियो । 

आज अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९ पैसा कायम गरिएको छ । बिहीबारको तुलनामा यी विदेशी डलरको मूल्य केही घटेको हो।

बिहीबार अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७० पैसा र बिक्रीदर ९४ रुपैयाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०२ रुपैयाँ १० पैसा थियो । 

सिंगापुर डलरको भाउ भने बिहीबारको तुलनामा बढेको छ। आज सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ०४ पैसा र बिक्रीदर ११० रुपैयाँ ५० पैसा तोकिएको छ । बिहीबार सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११० रुपैयाँ ३६ पैसा थियो । 

आज ९शुक्रबार० जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा कायम गरिएको छ । बिहीबारको तुलनामा केही बढेको हो। बिहीबार जापानी येन १० को खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६७ पैसा थियो । 

चिनियाँ युआनको भाउ भने स्थिर बसेको छ। अर्थात् आज पनि चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । हिजो बिहीबार पनि यत्ति नै थियो । 

आज साउदी अरेबियन रियालको मूल्य पनि स्थिर बसेको छ। आज पनि साउदी अरेबियन रियालको १ को खरिददर ३७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा नै कायम छ । बिहीबार पनि यही थियो ।  

आज कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०२ पैसा कायम भएको छ । बिहीबार भने कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा थियो ।
 

शुक्रबार, १७ असोज २०८२, ०७ : २६

प्रतिक्रिया