बडादशैं

आज आश्विन शुक्ल द्वादशीः टीका थाप्न र आशीर्वाद लिने क्रम जारी

शनिबार, १८ असोज २०८२, ०८ : १५

काठमाडौँ । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ । 

नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। 

पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ।

शनिबार, १८ असोज २०८२, ०८ : १५

प्रतिक्रिया