आन्तरिक उडानको नयाँ हवाई भाडादर सार्वजनिक, कुन रुटमा कति ?

शनिबार, १८ असोज २०८२, ०८ : २१

काठमाडौं- आन्तरिक हवाई उडानको नयाँ भाडादर सार्वजनिक भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार आन्तरिक हवाई उडानको नयाँ भाडादर सार्वजनिक गरेको हो।

नयाँ भाडादर अनुसार काठमाडौं–धनगढीको अधिकतम हवाई भाडा १७ हजार ५७९ रुपैयाँ तोकिएको छ। काठमाडौं–विराटनगरको ९ हजार ७८५, काठमाडौं–भरतपुरको ४ हजार ६४३ र काठमाडौं–भद्रपुरको १२ हजार ११२ रुपैयाँ भाडादर तोकिएको छ।

नयाँ भाडादर अनुसार काठमाडौं–पोखराको ६ हजार ६३५ रुपैयाँ, काठमाडौं–नेपालगन्जको १३ हजार १०३ रुपैयाँ, काठमाडौं–सिमराको ३ हजार ९७८ रुपैयाँ, काठमाडौं–भैरहवाको ८ हजार ४६१ रुपैयाँ, काठमाडौं–राजविराजको ८ हजार २१० रुपैयाँ, काठमाडौं–सुर्खेतको ९ हजार ३० रुपैयाँ र काठमाडौं–तुम्लिङटारको ७ हजार ६३० रुपैयाँ तोकिएको छ।

यो उच्चतम हवाई भाडादर भएकाले यसभन्दा कम मूल्यमै टिकट बिक्रीवितरण गर्न प्राधिकरणले वायुसेवा कम्पनी, आधिकारिक टिकट बिक्रेता र ट्राभल एजेन्सीहरुलाई निर्देशन दिएको छ।

शनिबार, १८ असोज २०८२, ०८ : २१

प्रतिक्रिया