बाढी–पहिरोमा परेर इलाममा मृत्यु हुनेको संख्या २८ पुग्यो

आइतबार, १९ असोज २०८२, १४ : ०८

काठमाडौं- अविरल वर्षापछिको बाढी तथा पहिरोमा परेर इलाममा २८ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले इलामका विभिन्न स्थानमा गरेर २८ जनाको मृत्यु भएको जानकारी दिए । यस्तै अन्य दुई जना घाइते भएका छन् ।

सूर्योदय नगरपालिका १ मा ५, इलाम नगरपालिका–६ मा ६, देउमाइ नगरपालिकामा २, खापखुकपुङ गाउँपालिकामा १, मान्सेबुङ गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ ।

यस्तै माइजोकमाई गाउँपालिकामा ८ र सन्दकपुर गाउँपालिकामा ३ जनाको मृत्यु भएको थापाले बताए ।

आइतबार, १९ असोज २०८२, १४ : ०८

प्रतिक्रिया