संखुवासभामा पहिरोले कारागार सहित अस्पताल भवनको पर्खाल उच्च जोखिममा

सोमबार, २० असोज २०८२, १० : १३

काठमाडौं- शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात्पछिको बाढी पहिरोले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । पहिरोले खाँदबारीस्थित कारागारको भवन उच्च जोखिममा परेको छ ।

शनिबार दिउँसो आएको अविरल वर्षाले जिल्ला कारागार खाँदबारीको ३० मिटरको बाहिरी पर्खाल भत्किएको जेलर राजन घिमिरेले जानकारी दिए । पहिरोले कारागारको तल्लो भागको बाहिरी पर्खाल भत्किएर तलदेखि पहिरोले  जोखिम बनाएको उनले बताए। 

पहिरो रोकथामका लागि आइतबारदेखि मर्मत थालिए पनि वर्षाका कारण समस्या भएको उनको भनाइ छ । पहिरोका कारण सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको इन्द्रदल गुल्मसमेत जोमिममा परेको जनाइएको छ । पहिरोका कारण चैनपुर नगरपालिका–६ मा रहेको १५ शय्याको नगर अस्पताल पर्खाल भत्किएर जोखिममा परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । 

त्यस्तैगरी चैनपुर –३ सिद्धपोखरीमा एक घर पहिरोको जोखिममा परेको छ । आइतबार दिउँसो आएको वर्षाका कारण ढुङ्गामाटोले बनेको तेञ्जि शेर्पाको घर पहिरोको उच्च जोखिममा परेको उहाँले बताउनुभयो । ती परिवारलाई अन्यत्र सारिएको छ । 

 
सोमबार, २० असोज २०८२, १० : १३

प्रतिक्रिया