‘बी–०५ अल्ट्रा’ ह्याचव्याक कार १९ इन्चको ह्वीलमा आउँदै

सोमबार, २० असोज २०८२, १२ : ०५

काठमाडौं- लीपमोटरले बी–०५ को स्पोर्टस् भेरियन्ट ल्याउने भएको छ । कम्पनीका वरिष्ठ उपाध्यक्ष काओ लीले नयाँ हट ह्याचव्याकको रुपमा बी–०५ को अल्ट्रा भेरियन्ट ल्याउन लागेको बताए ।

सन् २०२५ को म्युनिख मोटर शोमा पहिलो पटक प्रदर्शनी गरिएको बी–०५ लाई चीनमा ‘लाफा फाइभ’ नामबाट चिनिन्छ । वरिष्ठ उपाध्यक्ष काओका अनुसार लाफा फाइभ अल्ट्राले युवा उपभोक्तालाई आकर्षित गर्ने छ ।

ब्लाइन्ड बुकिङमा सहभागि ७० प्रतिशत ग्राहक ३५ वर्ष मुनिका रहेको कारण कम्पनीले बी(०५ ह्याचव्याकमा स्पोर्टस् भेरियन्ट अल्ट्रा ल्याउन लागेको सहजै अनुमान गर्न सकिन्छ । अहिलेसम्म चिनियाँ बजारमै पनि यसको बिक्री सुरु भएको छैन । कम्पनीले २०२५ को अन्तिमसम्ममा लाफा फाइभलाई चीनमा बिक्री थाल्नेछ ।

अन्तर्राष्ट्रिय बजारमा भने २०२६ को सुरुवातमा बी–०५ नामबाट बिक्री सुरु हुनेछ । तर, अल्ट्रा भेरियन्ट भने २०२६ को मध्यसम्ममा मात्रै बजारमा आउने अनुमान गरिएको छ ।

लीपमोटरले आफ्नो प्रिमियम ह्याचव्याक कारको अल्ट्रा भेरियन्टमा १९ इन्चको विशाल ठूलो ह्वील प्रयोग गर्नेछ । कारमा अगाडि स्प्लीटर र पछाडि ठूलो स्पोइलर प्रयोग हुनेछ ।

 
सोमबार, २० असोज २०८२, १२ : ०५

प्रतिक्रिया