वाईसिएल नेपालद्वारा बल्खु क्षेत्रका बाढी प्रभावित घरहरूमा सरसफाइ (भिडियो)

सोमबार, २० असोज २०८२, १३ : ४०

काठमाडौं- हालैको अविरल वर्षापछि आएको बाढीले डुबानमा परेका काठमाडौंको बल्खु क्षेत्रमा वाईसिएल नेपालले आज सरसफाइ र उद्धार कार्य सञ्चालन गरेको छ।

वाईसिएल नेपालका कार्यकर्ताहरूले डुबानमा परेका घरहरूको सफाइ गर्दै घरभित्र भरिएको फोहोर पानी फ्याँकेर स्वच्छता कायम गर्न सहयोग गरेका छन्। साथै, बाढीले क्षति पुयाएका सामग्रीहरूको उद्धार कार्य पनि गरिएको वाईसिएल नेपालले जनाएको छ।

WhatsApp Image 2025-10-06 at 11.15.07 AM

बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकहरूको सहयोगका लागि वाईसिएल नेपालले देशभरबाट करिब १० हजार कार्यकर्ता परिचालन गरेको जनाएको छ।

वाईसिएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओलीको नेतृत्वमा सुरु गरिएको यो अभियानले बाढीपीडित क्षेत्रमा तत्काल राहत र सरसफाइमा ठूलो योगदान पुर्‍याइरहेको छ ।

 

 
 
सोमबार, २० असोज २०८२, १३ : ४०

प्रतिक्रिया