अपडेट

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाट बाहिरियो यसवर्षको मनसुन

सोमबार, २० असोज २०८२, १४ : ३७

काठमाडौं- सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको धेरै स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट पनि असोज २० देखि मनसुन बाहिरिएको हो ।

महाशाखाले मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको जनाएको छ । 

महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको पनि जनाएको छ। 

 
 
सोमबार, २० असोज २०८२, १४ : ३७

प्रतिक्रिया