काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतसँग प्रहरीले ‘सोधपुछ’ गरेको छ । भोटाहिटी स्थित साइबर ब्युरोमा बोलाएर बस्नेसँग सोधपुछ थालिएको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।
विद्युतीय कारोबार ऐन अन्तर्गत शोभा पाठकले दर्ता गरेका जाहेरीबारे बयान दिन बुधवार बस्नेत ब्युरोमा उपस्थित भएका हुन् । उनीसँग ‘बयान कागज’ गर्न सोधपुछ भइरहेको छ । उनीविरुद्धको जोहेरी यसअघि ब्युरोकै आग्रहमा सरकारी वकिल कार्यालयले तामेलीमा राखेको थियो ।
प्रतिक्रिया