सिद्धार्थ बैंकका ग्राहकले इजी डेन्टल क्लिनिकमा छुट पाउने

बुधबार, २२ असोज २०८२, ११ : १५

काठमाडौं- सिद्धार्थ बैंक र इजी डेन्टल क्लिनिक प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  

सम्झौता अनुसार चाबहिल, काठमाडांैस्थित इजी डेन्टल क्लिनिकमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा माफ्र्mत सम्पर्क गर्न सकिने बैंकले जानकारी दिएको छ । 
 

 
बुधबार, २२ असोज २०८२, ११ : १५

प्रतिक्रिया