उर्जामन्त्री घिसिङको सम्पत्ति छानबिन गर्न महेश बस्नेतको माग

बुधबार, २२ असोज २०८२, १३ : १३

काठमाडौं- नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले सम्पत्ति शुद्धीकरणको अनुसन्धान सरकारका दुई मन्त्रीबाट सुरु हुनुपर्ने बताएका छन् । 

बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै उनले सरकारका मन्त्रीहरू रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु हुनुपर्ने बताए । 

“सबैभन्दा पहिलो छानबिन कुलमानजीबाट गरौँ । कुलमान घिसिङजत्तिको भ्रष्टाचारी मैले कोही देखेको छैन,” उनले भने, “रामेश्वर खनालजीबाट सुरु गरौँ । बालकोटमा बस्नुहुन्छ । पूर्वअर्थ सचिव हुनुहुन्छ ।” उनले आफ्नो पनि सम्पत्ति छानबिनको माग गरे ।

 
बुधबार, २२ असोज २०८२, १३ : १३

प्रतिक्रिया