जेनजी आन्दोलनका शहीद परिवारलाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा

बुधबार, २२ असोज २०८२, १४ : २९

काठमाडौं- चौधरी समूह (सीजी) ग्रुपले जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ ।

सीजी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन् । यो आफूहरूको बाचामात्र नभएर गहिरो कर्तव्य र श्रद्धा भएको उनको भनाइ छ ।

यसका लागि चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई ९८५१२२४००० मा सम्पर्क गर्न पनि निर्वाण चौधरीले आग्रह गरेका छन् ।

 
बुधबार, २२ असोज २०८२, १४ : २९

प्रतिक्रिया