पोखराको लिचीबारी जग्गा प्रकरण : विशेष अदालतमा मुद्दा चलाउँदै अख्तियार

बुधबार, २२ असोज २०८२, १५ : ०४

काठमाडौं- पोखराको लिचीबारी जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुद्दा लिएर विशेष अदालत पुगेको छ । दुई पूर्वमन्त्रीसहित सात जनालाई विपक्षी बनाएर अख्तियार विशेष अदालत पुगेको हो।

पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा लिएर विशेष अदालत गएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । हाल अदालतमा रुजु गर्ने काम भइरहेको उनले बताए । 

सार्वजनिक जग्गा सुकुम्वासीका नाममा निजीकरण गरी ठूलो भ्रष्टाचार हुन लागेको अडियो सार्वजनिक भएपछि तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका थिए । अडियोमा ुपैसा खाइसक्योु भनेर पोलिएका तत्कालीन भूमिसुधारमन्त्री बलराम अधिकारीले भने राजीनामा दिएका थिएनन् ।

गुप्तासँगै पूर्व भूमिसुधारमन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि विवादमा तानिएकी थिइन् । उनीसहित संलग्न भनिएकाहरूलाई अख्तियारले बयानमा बोलाएको थियो ।

 
 
बुधबार, २२ असोज २०८२, १५ : ०४

प्रतिक्रिया