काठमाडौं- प्रिमियर इन्टरनेसनल IB Continuum School ले नेपालकै पहिलो Diplomathon World Symposium आयोजना गर्दै नयाँ शैक्षिक इतिहास रचेको छ।
विश्वका राजदूत, नीति निर्माताहरू र नेतृत्वकर्ताको भूमिकामा उत्रिएका विद्यार्थीहरूले दुई दिनसम्म चलेको यो अन्तर्राष्ट्रिय बहस तथा नीतिनिर्माण कार्यक्रममा सहभागिता जनाएका थिए ।
उपत्यका भित्र र बाहिरका १० भन्दा बढी विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरूले भाग लिँदै प्रिमियरको परिसरलाई दुई दिनका लागि जीवित संवाद, बहस र विचार आदानप्रदानको केन्द्रमा रूपान्तरण गरे। कार्यक्रममा विद्यार्थीहरूले जलवायु परिवर्तन, विश्वव्यापी ई-कमर्स, सार्वजनिक स्वास्थ्य, भविष्यका लागि तयार शिक्षा, र फुटबल पर्यटन जस्ता विषयमा बहस र प्रस्ताव पेस गरे।
कार्यक्रमको समापनमा प्रिमियरका विद्यार्थीहरूले सबै तह (Primary, Middle र Senior High School) मा उत्कृष्ट प्रदर्शन गर्दै Overall Best Delegation Award हात पारे।
प्रिमियरका विजेता विद्यार्थीहरू:
Best Delegate (BD): दार्शनीका न्यौपाने (PYP 5, SDG 13), शाइरा श्रेष्ठ बताजु (PYP 5, SDG 3), असोस पुरी (MYP 1, FIFA Committee), आश्रय अग्रवाल (MYP 4, Digital Trade & Cross Border Commerce Forum), र रुचिका खड्गी (IBDP 1, United Panel for Future Ready Education)। High Commendation (HC): अनुज के. घिमिरे (PYP 4, SDG 13), प्रिशा कर्माचार्य (PYP 5, SDG 3), र हृदिमा अग्रवाल (IBDP 1, United Panel for Future Ready Education)। Special Mention (SM): शिवाय अग्रवाल (PYP 4, SDG 3) र आरोन श्रेष्ठ (MYP 4, Digital Trade & Cross Border Commerce Forum)

कार्यक्रम समापन समारोहमा प्रिमियरकी शैक्षिक निर्देशक प्रवीणा थापाले भनिन्, “प्रिमियर सधैं जोखिम लिन र नयाँ काम सुरु गर्न तयार रहने संस्था हो। नेपालमा शिक्षा स्तरलाई नयाँ उचाइमा पुर्याउने हाम्रो यात्रामा Diplomathon World Symposium अर्को महत्वपूर्ण उपलब्धि हो। यी दुई दिनले देखायो कि नेपालका विद्यार्थीहरू पनि विश्वका युवासँग समान स्तरमा ठूला विषयमा छलफल गर्न र समाधान खोज्न सक्षम छन्।”
यस कार्यक्रमको विशेषता यसको दुई चरणमा आधारित विश्वव्यापी शिक्षण मोडेल हो। पहिलो चरणमा विद्यार्थीहरूले विभिन्न देशका विद्यार्थीहरूसँग कूटनीति र नेतृत्व प्रशिक्षणमा सहभागी भएर छलफल, सहकार्य र बहसको माध्यमबाट विश्वव्यापी दृष्टिकोण विकास गरे। दोस्रो चरणमा उनीहरूले सिकेका सीपहरूलाई प्रत्यक्ष रूपमा प्रयोग गर्दै प्रिमियर इन्टरनेसनल IB Continuum Schoolको परिसरमा सम्पन्न Diplomathon World Symposiumमा बहस, नीति निर्माण र संकट समाधानका अभ्यासहरू गरे। यसले विद्यार्थीहरूलाई विश्व दृष्टिकोणलाई स्थानीय सन्दर्भमा रूपान्तरण गर्ने अवसर प्रदान गर्यो।
अर्को चरणमा विद्यार्थीहरूले Diplomathon World Symposium Global Round Japan 2026मा नेपालको प्रतिनिधित्व गर्नेछन्, जहाँ उनीहरूले विश्वका अग्रणी युवा राजदूतहरूसँग छलफल र बहस गर्ने अवसर पाउनेछन्। नेपालकै पहिलो Diplomathon World Symposium को सफलताले प्रिमियरलाई शैक्षिक नवप्रवर्तनको अग्रस्थानमा स्थापित गरेको छ। देशको एकमात्र IB Continuum Schoolका रूपमा प्रिमियरले आफ्ना विद्यार्थीहरूलाई confident, curious र compassionate global leadersका रूपमा तयार पार्ने प्रतिबद्धता दोहोर्याएको छ।
प्रतिक्रिया