पञ्चकन्या माई हाइड्रोपावरको माई सी जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु

विहीबार, २३ असोज २०८२, १३ : ४१

काठमाडौं- पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित माई सी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन पुनः सुरु भएको छ ।

केही दिन अघि आएको अविरल वर्षाको क्षतिका कारण उक्त आयोजनाको विद्युत उत्पादन बन्द रहेको थियो । सो पश्चात लगातार दिन–रात नभनि मर्मर सम्भार कार्य सम्पन्न भएपछि आज बिहानबाट विद्युत उत्पादन सुरु भएको कम्पनीले जानकारी दिएको छ । 

साथै, सोही कम्पनीको अप्पर माई जलविद्युत आयाजनाको पनि मर्मर सम्भार भइरहेको र आगामी दुई दिन भित्र प्लान्ट सञ्चालन गर्न सकिने बताईएको छ ।

notice

 
विहीबार, २३ असोज २०८२, १३ : ४१

प्रतिक्रिया