काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडको १९औं वार्षिक साधारणसभा भोलि असोज २४ गते हुँदैछ । सभा नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे बस्नेछ ।
सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
साथै प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
त्यसैगरी गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज ८ गते एक दिन बुक क्लोज गरिसकेको छ। तसर्थ असोज ७ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्रै सभामा भाग लिन र पारित लाभांश पाउन सक्नेछन्।
प्रतिक्रिया