काठमाडौं- उज्यालो नेपालका अभियन्ता भन्दै चर्चा कमाएका विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक एवं हाल सुशीला कार्की सरकारका उर्जामन्त्री कुलमान घिसिङले लोकप्रियताको आवरणमा कमाउ धन्दा चलाएको पाइएको छ ।
कुलमानको विद्युत प्राधिकरणमा रहँदाको कमाउधन्दाबारे पत्रकार प्रकाश तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत उजागर गरेका छन् । कुलमानले गुम्बा व्यवस्थापन समितिको अध्यक्षको नाममा अमेरिकामा घर किनेको र अहिले त्यो घर आफ्नो नाममा ल्याउन नसक्दा बिलखबन्दमा परेको पत्रकार तिमिल्सिनाले फेसबुकबाटै खुलासा गरेका हुन् ।
‘गुम्बा ब्यवस्थापन समितिको कुनै अध्यक्षको नाममा क्यार्लिफोनियामा अपार्टमेन्ट किनेको थियो, फिर्ता गर्न भन्दा भुमिराजले झै अहिले उसले फिर्ता दिएन् । मुद्दा हालौ, अख्तियार देखि सम्पत्ति शुद्विकरणसम्म लाग्छ, नगरौ, ठाडै खाईरहेको छ ।’, उनले लेखेका छन् ।
साथै उनले एक कांग्रेस नेताको कम्पनी ९९ करोडमा कुलमानले किनेको समेत दाबी गरेका छन् । यिनै आर्थिक कारोबारमा कुरा नमिल्दा कुलमानको परिवारमा किचलो समेत बढेको र पारिवारिक तनाव उत्पन्न भएको समेत तिमिल्सिनाले जिकिर गरेका छन् ।
पत्रकार प्रकाश तिमिल्सिनाले लेखेका छन्-
कुलमान घिसिङ केही महिना अघि अमेरिका गा´थे , खाडी मुलुक गा थे, धेरैले सोचे कि `उज्यालो अभियान´ लिएर गा हुन्, यो झुट कुरा हो।
उसले अर्कैको नाममा अमेरिकामा किनेको अपार्टमेन्ट फिर्ता माग्न खासमा उनी अमेरिका गा´ थिए, कुनै गुम्बा ब्यवस्थान अध्यक्षले कुलामानको अमेरिकाको घर खाईदिएको छ, उसले फिर्ता दिदै दिएन।
उसले फिर्ता नगरे पछि कुलमानको परिवारमा ठुलै झगडा परेको छ । उसले कुटाई नि खा`छ। पारिवारिक झगडाले उसको २० करोड लुटिएको छ, त्यो पनि आफ्नै दराजवाट। भलै मन्त्रि ए एमसीसीका कारणले।
त्यसमाथी, उनले नेपाली कांग्रेसको एक नेताको कम्पनि ९९ करोडमा जबरजस्ति कसरी कम्पनि किन्यो ? उसले कति बार्गेनिङ गरेको थियो ? `लोकप्रियता´को नाममा उसको कम्पनि हडिपियो दियो, उनीहरूको पीडा सुन्दा पनि छक्क पर्छु ।
यो कुलमान भन्ने यस्तो अपराधी रहेछ, यस्तो बयोबृद्वको सम्पति ठाडै खाने ? पाप त लाग्छ नै, भगवानले कुनै दिन कुलमानलाई सजायँ दिनेछन् ।
यो कुरा त कुलमानका निकटहरू बिच त सबै `ओपन सेक्रेट´ रहेछ। यो पनि ६ महिना बिचमा भएका घटना हुन्, म सुनेर छक्क परिरा`छु ।
यो मान्छे ओमप्रकाश झै नाङ्गो हो, यो देशका लागि डरलाग्दो प्राणी हो।
कुलमान घिसिङको अँध्यारो कथा भाग-२:
कुलमान सर, सशष्त्र प्रहरीका पुर्ब प्रहरी महानिरिक्षक सनत बस्नेतको नियतिमा किन पर्नु भएको क्या ? `ब्लाक मनी´ ले भयंकर रूवाउँछ, यो स्टोरी पढनुहोस् ।
म नागरिक दैनिकमा काम गर्थे, नाताले भाञ्जा पर्ने एकजना भेटन आएँ, उनको हातमा घाउ देखे पछि सोेेधे, `भाञ्जा बाबू कसरी चोट लाग्यो ?´
`मामाश्री, भुमीराज निरौंलालाई आज बुद्वनगरमा लगेर कुटियो, कुटदा चोट लागेको हो ।`
मैले सोधे, `किन कुटेको मामाश्री (निरौला) लाई ? ´
उनले भने, `सशष्त्रको पुर्व आईजीपी सनत बस्नेतको ईटहरीको जग्गा र धापाखेलको घरसहित सम्पत्ति खाईदिएछ, आईजीपीले निरौंलालाई फिर्ता दे भन्दा दिदै दिएनछ, हामीले कुटनु भन्दा तीन पटक कुटेको रहेछ, जति कुटदा पनि नगले पछि हाम्रो (माओवादी बैध समूह) मा उजुरी गरेको थियो, थापाथलीवाट उठाएर बुद्वनगर लगेर कुटियो, मरे गलेन हौं मामा, यो भुमीराज त कुकुर भित्र १३ सिट्ठी लगाएर निकाल्दा पनि जस्ताको तस्तै छ, मरिकाटे स्विकार गर्दैन्, भन्छ मेरो सम्पति हो, सनतको होईन, त्यसले दादागिरी देखाएको हो भन्छ, कति ज्याद्रो हो क्या !`
मैले सोधे, `सम्पत्ति खास कसको रहेछ त ?´
उनले भने, `खासमा सनतकै सम्पति हो, अख्तियार र सम्पत्ति शुद्वीकरण लाग्छ भनेर सनतले उसको नाममा किनेको रहेछ, अब सनतले मेरो सम्पत्ति हो भनेर कहीँ उजुरी गर्न पनि सक्दैन्, जति कुटदा पनि फिर्ता गर्दैन, `ब्लाक मनी´ लुकाउन पनि निकै गारहो हुदोँरहेछ रहेछ मामाश्री ।´
`स्योर हो नि भाञ्जा सशष्त्रको पुर्ब आईजीपीको उजुरी अनुसार भुमिराजलाई कुटया ? ´ मैले सोधे।
`कुटेर सरासर यहाँ आऊँदैछु, हेर्नू त हातमा लागेको चोट ताजै छ, ल एकपटक सनतलाई पनि फोन गर्नु, ल उहाँको नम्बर यो हो भनेर फोन नम्बर दिए।` मैले टिपे।
त्यो बेलाको माओवादी, माओवादी- प्रहरी बिच पानी बारबारको अवस्थामा यस्तो घटना त दुर्लभ नै थियो, अहिले भए त सामान्य हुन्थ्यो। यो ठूलो न्युज हो।
भाञ्जा र म छुट्टियौं ।
*** **** ****
त्यसपछि प्रधान सम्पादक किशोर नेपाल दाजुलाई यो घटनाक्रम सुनाए, उनले भने, `लेख केटा, पुरै डिटेलमा लेख है, यो तैले खतरा न्युज ल्याईस्।´
त्यसपछि चुरे भावर पार्टीका एक समुहका अध्यक्ष रहेका भुमिराज निरौलालाई फोन गरे ।
`मामाश्री, के तपाईलाई सनत बस्नेतले वाईसिएल लगाएर आज कुटेको हो आज ? `
उनले सुरूमा अनकनाए, `होईन होईन भाञ्जा बाबू` भनेर टार्न खोजे ।
मैले भने, `तपाईलाई कुटेर आएको मान्छे, मेरो अगाडि छ, थापाथलीवाट उठाएर बुद्वनगर लगेर कुटेको हो भनिरा`छन्, के हो कुरा ? पत्यार लागेन भने तपाईलाई कुटेको दाबी गरेको मान्छे म भेटाईदिन्छु सामुन्ने नै, दुधको दूध पानीको पानी छुटिन्छ ।´
त्यसपछि मामाश्रीले भने, `आज मात्र होईन भाञ्जा बाबू , मलाई यसअघि पनि सनतेले गुण्डा लगाएर ३-३ पटक कुटयो, आज वाईसिएल लगाएर कुटयो, मेरो सम्पति हो, सिधै खान खोजिरा`छ, मलाई न्याय दिनुहोस्, तपाईं कहाँ हुनुहुन्छ, म प्रमाणसहित उपस्थित हुन्छु।`
मैले सुन्धारामा छु भने पछि उनी `ल भाञ्जा बाबू, म लालपुर्जासहित अरू प्रमाण लिएर पनि आउँछु, मलाई न्याय चाहियो।´
त्यसको एक घन्टा पछि लालपुर्जा देखी धेरै प्रमाण लिएर आएँ, सिटिसी मलको चौंथो तल्लामा बसेर सबै कागजपत्र हेरे, कागजपत्रमा उनी बलियो रहेछन्।
अन्तिममा सोधे, `मामाश्री, नढाटी भन्नू त, यो कागजपत्रको सम्पत्ति तपाईको हो कि सनत बस्नेतको ? ´
उनले भने, `न्युजमा नलेख्नु, यो सम्पत्ति उसैको हो, यसको ब्लाक मनी मेरो नाममा लुकाएको हो, म फिर्ता नि गरिदिन्थे, तर यसले मलाई गुन्डा लगाएर ईटहरी देखि काठमाडौंसम्म पटक पटक कुटायो, अब म फिर्ता दिन्न।´ धेरै कुरा भयो, हामी छुट्टियौं।
त्यसपछि सनतलाई फोन गरे, उनले वाईसीयल लगाएर कुटेको त परै जाओस, भुमीराज निरौलालाई पनि चिन्दिन भनिदिए। `दाई, हजुरले कुटाउन लगाउने र कुटिने मेरो सम्पर्कमा छन, खास कुरा के हो ? ` उनले दुबै स्विकार गरेनन्
किशोर दाजुलाई न्युज लेखेर दिए, दाजुले भोलिपल्ट मेन न्युज बनाएर फ्रन्ट पेजमा छापिदिनु भयो, एकैपटक भाईरल भई हाल्यो, त्यो बेलाको नागरिक दैनिक, कम प्रभावशाली थियो।
त्यसपछि भोलि पल्ट ९ बजे तिर सनतले फोन गरे, `प्रकाश बाबू, हजुरको समाचार पढे, मेरो आज सोलुखम्बुमा बिधार्थीहरूलाई स्कुल ड्रेस, बुक देखि अरू समान बितरण गर्ने कार्यक्रम थियो, तपाईको न्युज आए पछि जानै सकिन्।´
`दाजु, मैले हजुरलाई सोध्या थिएँ र भनेको थिएँ, `कुटाई खाने र कुटने मसँग छ भन्दा पनि निरौंलालाई चिन्दिन भन्नू भयो, समाचार म त लेख्थे नै रोकिन्न थे, यदी तपाईले सत्य बोलेको भएँ, म आजको सामाजिक सेवा गर्न दिएर एकदिन पर सार्थे, तपाईले राहात बितरण गरिसके पछि बरू एकदिनका लागि कम्प्रोमाईज गरिदिन्थे ।`
फेरी सोधे, `अब भन्नू न त खास कुरा के हो ? ´
उनले भने, `मैले उसको नाममा ईटहरी र धापाखेलमा जग्गा किनेको हुँ तर भुमीराजले धोका दियो किन ढाटनु ? तर, नागरिक दैनिकमा यसरी समाचार आउँछ भनेर कल्पना गरेको थिईन् ।´
मैले भने, `ठिक छ, भुमीराजले तपाईको सम्पत्ति खायो भनेर लेखिदिन्छु नि, हुन्छ ?´ तर, उनले मान्दै मानेनन् ।
त्यसको एक हप्ता पछि मामाश्री भुमीराजले फोन गरे, `भाञ्जाबाबुर, लालसलामको हिरोसहित वाईसिएल आएर मेरो धापाखेलको घरमा आएर फेरि कुटपिट गरयो, भाञ्जाबाबु मलाई फेरि न्याय गरिदिनुहोस् ।´
तर, मैले समाचार लेखिन् ।
*** *** ****
अहिले कुलमानको हालत सनत बस्नेतको झै छ, अर्को `भुमीराज निरौला´ले उसको क्यार्लिफोनियाको घर खाईदिएको छ । गुम्बा ब्यवस्थापन समितिको कुनै अध्यक्षको नाममा क्यार्लिफोनियामा अपार्टमेन्ट किनेको थियो, फिर्ता गर्न भन्दा `भुमिराज`ले झै अहिले उसले फिर्ता दिएन् । मुद्वा हालौ, अख्तियार देखि सम्पत्ति शुद्विकरणसम्म लाग्छ, नगरौ, ठाडै खाईरहेको छ ।
जेठो छोरा पासाङ घिसिङले त्यही बेला भनेको रहेछ, `यसको नाममा नकिनौं, यो फटाहा छ, यसले धोका दिन्छ।´ नेपालवाट जति सम्पर्क गर्दा पनि उसले क्यार्लिफोनियाको घर अरू कसैको नाममा नामसारी गर्न नमाने पछि कान्छो छोरा पेमालाई लिएर उनीहरू कुनै कार्यक्रम बनाएर अमेरिका गएर कुरा मिलाउन खोजेछन् तर कुरा मिलेन, उसले कुलमानले लुकाउन खोजेको सम्पत्ति दिदै दिएनन। निराश भएर फर्किएको अवस्था रहेछ।
जेठो छोरो यही सबालमा कयौं दिन घर पनि गएन तर सुरूमा टोयोटा हाईलेक्समा हिडने जेठो अहिले क्रेटा गाडी किनिदिए पछि बल्ल घर जान थालेको छ। त्यो पनि कुलमानको ससुरा बुद्विमान तामाङले सम्झाई बुझाई गरे पछि।
कुलमानले वचन दिएको रहेछ, `त्यो अमेरिकाको घर तेरै नाममा राखुला, नरिसा, अब त म मन्त्री भईसकेको छु ।`
केही महिना अघि शेरबहादुर देउवाको `कोषाध्यक्ष`सँग किनेको कम्पनि कुलमानले घुमाई घुमाई कान्छो छोराको स्वामित्वमा दिन चाहान्छन, जेठो छोरा भने `मलाई बाऊले हेप्यो´ भनेर अझै रिसाईरा`छ ।
**** ***** ****
कुलमान सर, पहिला घर सम्हाल्नु परयो, जेठो छोरो झै जनता रिसाए भने कति जनालाई क्रेटा किनुदिनु हुन्छ ? सकिन्न हौं ।
प्रतिक्रिया