काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो।
उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ।
प्रतिक्रिया