काठमाडौं- जिलीले आफ्नो सर्वाधिक सफल ह्याचव्याक ‘जिओमी झिंगयुआन’को नयाँ संस्करण बजारमा ल्याएको छ ।
नयाँ अपडेट गरिएको भर्सनमा निकै फिचरहरु परिमार्जन गरिएको छ । सबैभन्दा महत्वपूर्ण ५४० डिग्री क्यामेरा प्रयोग भएको जिओमी झिंगयुआन सेग्मेन्टकै पहिलो ह्याचव्याक कार हो ।
यसका अलावा अपग्रेड गरिएको मोडलमा नयाँ कलर स्कीम दिएको छ । जसले निकै उत्कृष्ट लुक प्रदान गरेको छ । एल आकारको डे टाइम रनिङ लाइट, सेमी हिडन डोर ह्याण्डल, १६ इन्चको ट्रयाक्सन ह्वील नयाँ जिओमी झिंगयुआनको विशेषता हो ।
जिओमी झिंगयुआन मोडलको लम्बाइ ४१३५ एमएम, चौडाइ १८०५ एमएम र उचाइ १५७० एमएम छ । यसमा २६५० एमएम लामो ह्वीलवेस दिइएको छ । निकै स्मार्ट ह्याचव्याक कारमा ३७५ लिटरको बुट स्पेस उपलब्ध छ । अगाडि फ्रन्ट ट्रंक पनि ७० लिटरको विसाल लाग्छ ।
चालकलाई सुचना दिने इन्ट्रुमेन्ट क्लस्टर ८.८ इन्चको छ भने इन्फोटेन्टमेन्ट सिस्टम पहिलाको १०.१ इन्चलाई बढाएर १४.६ इन्चको बनाइएको छ ।
दुई मोटर अप्सनमा आएको जिओमी झिंगयुआन नेपाली बजारमा पनि आउने तयारी भएको मोडल हो । छिट्टै प्रोटोन इमास फाइभ नामबाट यसको बिक्री सुरु हुने बताइएको छ ।
प्रतिक्रिया