भारतमा सस्तो विद्युतीय कार बनाउने स्कोडाको तयारी

आइतबार, २६ असोज २०८२, १६ : ३१

काठमाडौं- जर्मन ब्राण्ड फक्वागन ग्रुप अन्तर्गतको स्कोडा अटोले भारतमा कम मूल्यको विद्युतीय कार बनाउने भएको छ।

स्कोडाले भारतमा नै धेरै पार्टस बनाउने र त्यसको प्रयोगबाट बजेट फ्रेन्डली ईभी बनाउने भएको हो । कम्पनीको नयाँ ईभी सन् २०२७ भित्र भारतमा बिक्री सुरु हुनेछ ।

स्कोडाले ग्लोवल मार्केटमा प्रिमियम सेग्मेन्टमा विद्युतीय कार उत्पादन र बिक्री गर्दै आएको छ । तर, भारतमा कम बजेटमा नै उत्कृष्ट कार चाहिने भएको कारण नयाँ योजना बनाएर काम गर्न लागेको हो । स्कोडा अटो इन्डियाका ब्राण्ड डाइरेक्टर आशिष गुप्ताका अनुसार सन् २०२७/२८ सम्ममा लोकल सप्लाई बेस र चार्जिङ पूर्वाधार तयार गर्नेगरी काम भइरहेको छ ।

भारतीय बजारलाई अध्ययन गर्दै कम्पनीले लगानी गरिरहेको बताउँदै गुप्ता भन्छन्, ‘सन् २०२८ सम्ममा ईभीको बजार १० देखि १२ प्रतिशत पुग्ने छ । त्यतिवेला स्कोडाले चार नयाँ मोडल ल्याएर १.७ प्रतिशत बजार ओगट्ने लक्ष्य राखेको छ ।’

स्कोडा इन्डियाले सन् २०२५ को जनवरीदेखि सेप्टेम्बरसम्ममा ५३ हजार युनिट कार बिक्री गरेको छ ।
 

 
आइतबार, २६ असोज २०८२, १६ : ३१

प्रतिक्रिया