पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

आइतबार, २६ असोज २०८२, १७ : ०१

काठमाडौं- माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई भेपमार्फत सुन तस्करी अनुसन्धानका लागि आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो । 

सीआईबीले विज्ञप्ति जारी गर्दै महरालाई पक्राउ परेको पुष्टि गरेको छ ।

महरा संलग्न रहेको भनिएको सुन तस्करी प्रकरण ब्युरोले अनुसन्धान गर्दै आएको थियो । 

महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । केही दिनअघि उनलाई प्रहरीले बयानसमेत लिएको थियो ।

gold-1760267131_puctDm9OT8

 
आइतबार, २६ असोज २०८२, १७ : ०१

प्रतिक्रिया