विपिनको मृत्यु भइसकेको हमासको पुष्टि, शव हस्तान्तरण गर्दै

सोमबार, २७ असोज २०८२, २१ : २५

काठमाडौं- नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु पुष्टि भएको गाजाक्षेत्रबाट हमासले पुष्टि गरेको इजरायली सेनाले जनाएको छ ।

विपिनसहित मृत्यु भएका चारजना बन्धकको शव हस्तान्तरणको तयारी भएको इजरायली सेनाले जनाएको छ । यसअघि आजै बिहान इजरायलले विपिन जीवित रहेको पुष्टि हुन नसकेको परिवारलाई जानकारी गराएको थियो ।

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितसहित परिवारलाई विपिनको अवस्थाको बारेमा जानकारी गराइएको थियो । अहिले बेलुका इजरायली सैनिकलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमले जनाएअनुसार विपिनसहित चारजनाको मृत्यु भएको हमासले जनाएको छ ।

जेरूसेलम पोस्टका अनुसार हमासले इ इलौज,योस्सी शराबी, विपिन जोशी, डानियल पेरेत्सको शव बुझाउन लागेको हो । जेरुसेलम पोस्टका अनुसार इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल ईफि डेफ्रिनलाई सोमबार अपराह्न चारजना बन्धकको शव हस्तान्तरण गर्ने बताएको छ ।

इजरायली सेनाले रेडक्रसमार्फत् शवहरु प्राप्त गर्ने तयारी भइरहेको जनाएको छ।        

सोमबार, २७ असोज २०८२, २१ : २५

प्रतिक्रिया