हिमालयन लाईफको निमित्त सीइओमा कपिलकुमार दाहाल नियुक्त

मंगलबार, २८ असोज २०८२, १० : ०५

काठमाडौं- जीवन बीमा कम्पनी हिमालयन लाईफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सीइओ) को जिम्मेवारी कपिलकुमार दाहालले पाएका छन्।

प्रमुख कार्यकारी अधिकृत पदबाट मनोजकुमार लाल कर्णले सोमबार राजीनामा दिएपछि सञ्चालक समितिको बैठकले कर्णको राजीनामा स्वीकृत गर्दै दाहाललाई मंगलबारदेखि लागू हुने गरी निमित्त सीइओको जिम्मेवारी दिने निर्णय गरेको हो।

पेसागत अभिकर्ता संघले न्यूनतम बोनस दर प्रतिहजार ५० रुपैयाँ कायम गर्नुपर्नेलगायतका माग अघि सार्दै व्यवस्थापन तथा सञ्चालक समितिलाई दबाब दिएपछि माग पूरा गर्न सम्भव नभएको भन्दै सीइओ कर्णले पदबाट राजीनामा दिएका थिए।

 
मंगलबार, २८ असोज २०८२, १० : ०५

प्रतिक्रिया