हेटौँडा उपमहानगरपालिकाद्वारा प्लास्टिकको फूल बिक्री वितरण तथा प्रयोगमा रोक

मंगलबार, २८ असोज २०८२, १० : ४५

काठमाडौं- मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले प्लास्टिकको फूल बिक्री, वितरण तथा उत्पादनमा रोक लगाएको छ । उपमहानगरपालिकाले सूचना जारी गर्दै स्थानीय फूल उत्पादनलाई प्रोत्साहित गर्न नगर क्षेत्रभित्र प्लास्टिकको फूल बिक्री, वितरण तथा प्रयोगमा रोक लगाइएको हो ।

प्राकृतिक फूल मालाको प्रयोग गर्न आग्रह गर्दै उपमहानगरपालिकाले सूचना विपरीत प्लास्टिकको फूल मालाको बिक्री वितरण तथा प्रयोग गरेको पाइएमा नियमनको दायरामा ल्याइने जनाएको छ । 

स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवर्द्धन गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतमले प्लास्टिकको फूलको प्रयोगले वातावरणमा क्षति हुने र माटोमा नकुहिने भएकाले वातावरणीय सौन्दर्यमा समेत नकारात्मक असर पर्ने भएकाले स्वदेशी फूलको मात्र प्रयोग गर्न आग्रह गरे ।

 
मंगलबार, २८ असोज २०८२, १० : ४५

प्रतिक्रिया