काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्ष सुदिप आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् ।
मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम वहादुर मिश्र समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
बैंकको गत शुक्रवार सम्पन्न १९ औं वार्षिक साधारणसभावाट संचालकमा निर्वाचित आचार्यलाई सोही दिन वसेको संचालक समितिको बैठकले अध्यक्षमा चयन गरेको थियो ।
बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐनमा निर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया