काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
रक्तदान कार्यक्रम असोज ३१ गते शुक्रबार कम्पनीको थापाथलीस्थित प्रमुख कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ ।
सिटिजन लाइफले विगतका वर्षहरूमा पनि विभिन्न सामाजिक गतिविधिहरू गर्दै आएको छ।
कम्पनीले उक्त रक्तदान कार्यक्रममा आफ्ना कर्मचारी, एजेन्ट, ग्राहक तथा सर्वसाधारण सहभागी हुन आग्रह गरेको छ।
प्रतिक्रिया