काठमाडौं- नेपालको लोकप्रिय अटोमोटिभ कन्टेन्ट प्लेटफर्म कारहरूले हालै लिपमोटर बी १० को वास्तविक प्रदर्शन र दक्षता परीक्षण गर्न स्वतन्त्र रूपमा एक रेञ्ज टेस्ट सञ्चालन गरेको थियो।
यस परीक्षण अन्तर्गत टोलीले लिपमोटर शोरुम, उत्तरढोका (काठमाडौं) बाट यात्रा सुरु गरी, पोखरा लेकसाइडसम्म पुगेर पुनः काठमाडौं फर्कने सम्पूर्ण यात्रालाई एकै दिनमा, करिब ४५० किलोमिटर दूरी तय गर्दै, एकै चार्जमा सफलतापूर्वक पूरा गरेको हो।
यो सफल परीक्षणले लिपमोटर बी १० को उत्कृष्ट ऊर्जा दक्षता, अत्याधुनिक ब्याट्री प्रविधि, र नेपालको विविध सडक अवस्थाहरूमा पनि विश्वसनीय प्रदर्शन गर्ने क्षमतालाई स्पष्ट प्रमाणित गर्दछ।
यस उपलब्धिले लिपमोटरको दीर्घ दूरीको यात्रामा व्यावहारिक रेन्ज, आराम र आत्मविश्वाससहित स्मार्ट इलेक्ट्रिक मोबिलिटीको नयाँ युग सुरु गर्ने प्रतिबद्धतालाई झल्काउँछ।
प्रतिक्रिया