टाइम म्यागजिनको २०२५ को वेस्ट इन्भेन्सन सूचीमा बीवाइडी एटो वान

विहीबार, ३० असोज २०८२, ११ : १७

काठमाडौं- अमेरिकाबाट प्रकाशित हुने विश्व प्रसिद्ध टाइम म्यागजिनले सन् २०२५ को १०० वटा वेस्ट इन्भेन्सनको लिस्ट सार्वजनिक गरेको छ । 

म्यानगजिनले प्रकाशित गरेको इन्भेन्सनको लिस्टमा अटोमोबाइल क्षेत्रबाट १० वटा विभिन्न प्रोडक्ट र सर्भिसहरू परेका छन् । टाइमको लिस्टमा फोर ह्वीलतर्फ बीएमडब्लूको न्यू क्लास आइएक्स थ्री र सानो कारतर्फ बीवाइडी एटो वान (सिगल) परेका हुन् ।

लग्जरी कार निर्माताले नयाँ जेनेरेशन आइएक्स थ्री गत सेप्टेम्बर महिनामा प्रदर्शनी गरेको थियो । यसको बिक्री छिट्टै सुरू हुँदैछ । बीएमडब्लू आइएक्स थ्रीले सिंगल चार्जमा ६०० किलोमिटर माथि रेन्ज दिने कम्पनीको भनाइ छ ।

बीएमडब्लूले नयाँ प्लेटफर्ममा ४० भन्दा बढी नयाँ मोडल लन्च गर्ने योजना बनाएको छ । डिजिटल नर्भस सिस्टम रहेको यो ईभीलाई ‘ओभर दी एयर अपडेट’ गर्न सकिन्छ ।

टाइम म्यागजिनले चिनियाँ अटोमोबाइल कम्पनी बीवाइडीले बनाएको अफोडेबल इलेक्ट्रीक कार एटो वान (सिगल) लाई पनि सन् २०२५ को वेस्ट इन्भेन्सनको लिस्टमा राखेको छ ।

गत भदौबाट नेपालमा पनि बिक्री सुरू भएको एटो वान दुई ब्याट्री अप्सनमा उपलब्ध छ । सिंगल चार्जमा ४०० किलोमिटरसम्म रेन्ज दाबी गरिएको गाडीमा देश अनुसार मोटर पावर पनि फरक फरक छ । यसको टप स्पीड १३० किलोमिटर प्रतिघण्टासम्म रहेको छ ।

 
विहीबार, ३० असोज २०८२, ११ : १७

प्रतिक्रिया