काठमाडौं- आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु बैंक लिमिटेडबीच लघुवित्तका कर्मचारीहरुलाई ‘कर्मचारी कर्जा’ प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता पत्रमा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत शिव प्रसाद ज्ञवाली र प्रभु बैंकका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत लेख बहादुर पुनले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा लघुवित्त संस्थाको तर्फबाट सहायक महाप्रवन्धक मनरुपा पौडेल, प्रमख व्यापार अधिकृत चन्दन कुमार सरदार तथा विभागीय प्रमुख टोप बहादुर रास्कोटी र पभु बैंकको तर्फबाट वागमती प्रदेशका मुख्य अधिकृत शम्भु नेपाल तथा धुलिखेल शाखाका शाखा प्रमुख किशोर कुमार घिमिरे सहभागी रहेका थिए ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थामा समर्पित र प्रतिवद्ध टिम सदस्यहरुलाई सहज, छिटो छरितो र विश्वसनीय वित्तीय पहुंच प्रदान गर्ने उदेश्यले सम्झौता गरिएको बताइएको छ ।
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले प्रभु बैंकप्रति धन्यवाद ज्ञापन गर्दै यस साझेदारीले संस्थागत सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा व्यक्त गरेको छ ।
प्रतिक्रिया