मौसम पूर्वानुमान

मौसम प्रणालीको प्रभाव सकियो, देशभर छैन वर्षाको सम्भावना

शुक्रबार, ३१ असोज २०८२, ०७ : ४३

काठमाडौं- हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । देशभर वर्षाको सम्भावना नरहेको महाशाखाले  जनाएको छ । 

शुक्रबार, ३१ असोज २०८२, ०७ : ४३

प्रतिक्रिया