एमाले केन्द्रीय कमिटी बैठक सुरु, आज अध्यक्ष ओलीले जवाफ दिँदै

शुक्रबार, ३१ असोज २०८२, १० : १८

काठमाडौं-  नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तेस्रो दिनको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको जावलाखेलमा जारी बैठकमा नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राख्न थालेको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

बिहीबार दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले  आफ्ना धारणा र सुझाव राखेका थिए । यसअघि पहिलो दिन बुधबार ५० जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । 

बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट समय दिइएको छ । बैठकमा केन्द्रीय सदस्यको धारणा सुनेपछि आज पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्ने कार्यतालिका रहेको छ । 

पदाधिकारीले धारणा राखेपछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नेछन् ।

 
शुक्रबार, ३१ असोज २०८२, १० : १८

प्रतिक्रिया