रोयल इनफिल्डको नयाँ मोटरसाइकल शनिबार सार्वजनिक हुँदै, कति छ मूल्य ?

शुक्रबार, ३१ असोज २०८२, ११ : ०९

काठमाडौं- रोयल इनफिल्डको नयाँ मोटरसाइकल नेपालमा सार्वजनिक हुने भएको छ । कम्पनीले आगामी शनिबार धनतेसरको दिन पारेर स्क्रयाम ४४० सार्वजनिक गर्ने भएको हो ।

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी अल्फा अटोमोटिभले स्क्रयाम ४४० को बिक्री सुरु गर्ने जनाएको छ । कम्पनीले आफ्नो सोसल मिडियामा एक टिजर सार्वजनिक गर्दै नयाँ मोटरसाइकल बिक्रीको लागि तयार रहेको जानकारी दिएको हो ।

कम्पनीले नेपाली बजारमा यसअघि स्क्रयाम ४११ बिक्री गर्दै आएको थियो । त्यसको उत्पादन बन्द गरेर कम्पनीले स्क्रयाम ४४० ल्याएसँगै नेपालमा सार्वजनिक गर्ने भएको हो । स्क्रयाम ४४० क्रसओभर एड्भेन्चर डिजाइनमा बनेको छ ।

यसको मूल्यका बारेमा कुनैपनि जानकारी बाहिर आएको छैन् । यसअघि कम्पनीले स्क्रयमा ४११ को मूल्य ६ लाख ६० हजार रुपैयाँ तोकेर सार्वजनिक गरेको थियो । स्क्रयाम ४११ र ४४० दुबै एकै ट्याक्स ब्राकेटमा आउने भएको कारण स्क्रयाम ४४० को मूल्य ७ लाख हाराहारीमा हुने अनुमान गर्न सकिन्छ ।

 
शुक्रबार, ३१ असोज २०८२, ११ : ०९

प्रतिक्रिया