सिंहदरबार जोगाउन नसकेको विषयमा सेनाले दियो यस्तो प्रष्टीकरण

शुक्रबार, ३१ असोज २०८२, १५ : ५५

काठमाडौं– जेनजी आन्दोलनको क्रममा भदौ २४ गते सिंहदरबारमा आगजनी हुँदा त्यसलाई जोगाउन नसकेको भन्दै भइरहेको आलोचनाबारे नेपाली सेनाले मुख खोलेको छ।

युद्ध कार्य विभाग प्रमुख उपरथी अनुपजंग थापाले शुक्रबार पत्रकारसँग कुरा गर्दै कम घातक नियन्त्रणका उपाय अपनाएको बताए । उनले भने, ‘सिंहदरबार लगायतका संरचनाबारे उठेका प्रश्नहरू अत्यन्तै वैध छन्, सबैलाई स्पष्ट पार्न चाहन्छौं। राष्ट्रका महत्वपूर्ण संरचना क्षति हुनु दुःखद हो, तर तत्कालीन अवस्थालाई हेर्दा सेनाको कारबाही दुरूस्त र सटीक थियो।’

उनका अनुसार त्यतिबेला अवस्था अत्यन्तै तनावपूर्ण थियो र आन्दोलनका क्रममा केही स्थानमा आगजनी, तोडफोड र अराजकता भएका थिए।

‘तर सेनाले ‘लेस देन लिथल’ (कम घातक) नियन्त्रणका उपाय अपनाएको थियो,’ थापाले भने। 

सिंहदरबार क्षेत्रमा भएको भिड नियन्त्रणका क्रममा ४६ राउन्ड हवाई फायर गरिएको उनले बताए। २/२ पटक सिंहदरबार छिर्न खोज्नेलाई सेनाले फर्काएको उनले जनाए। 

 
शुक्रबार, ३१ असोज २०८२, १५ : ५५

प्रतिक्रिया