अपडेट

बाढी पहिरोबाट क्षतिग्रस्त सम्पत्तिको ३ अर्ब २६ करोड बढीको बीमा दाबी

शनिबार, ०१ कार्तिक २०८२, १० : ४८

काठमाडौं- गत असोज १८ गतेको भारी वर्षाका कारण सिर्जित बाढीपहिरोबाट क्षतिग्रस्त सम्पत्तिको सर्वा ३ अर्ब रुपैयाँ बढीको बीमा दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणले शुक्रबार जारी गरेको तथ्यांकअनुसार १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीमा ७०४ वटा दाबीको ३ अर्ब २६ करोड ७६ लाख रुपैयाँबराबरको दाबी परेको हो। 

हालसम्मको कुल दाबीमा शिखर इन्स्योरेन्समा सबैभन्दा बढी रकमको दाबी परेको छ। प्राधिकरणका अनुसार शिखर इन्स्योरेन्समा ६० करोड ९४ लाख रुपैयाँ बढीको दाबी परेको छ। यो रकम ५४ वटा दाबीको हो।

यसैगरी दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ६८ वटा दाबीको ५० करोड ६४ लाख रुपैयाँ र तेस्रोमा एनएलजी इन्स्योरेन्सले ४३ वटा दाबीको ५० करोड ४७ लाख रुपैयाँबराबर भुक्तानी गर्नुपर्ने देखिएको छ। 

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३७ वटा दाबीको ३७ करोड ५ लाख रुपैयाँ, नेसनल इन्स्योरेन्सले २५ वटा दाबीको २९ करोड ४९ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ।

शनिबार, ०१ कार्तिक २०८२, १० : ४८

प्रतिक्रिया