काठमाडौं- ईदी हाइड्रोपावर कम्पनी लिमिटेडले असोज ३० गते आफ्नो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभामा कम्पनीका सञ्चालक, सेयरधनी तथा अन्य आमन्त्रित अतिथिहरु उपस्थित थिए ।
कम्पनीको सभाले आईपीओको ऐजेण्डासहित आव २०८१÷८२ को लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृति आव २०८२÷८३ को लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक स्वीकृती, व्यक्ती वा संस्थाहरुलाई रणनैतिक साझेदारको रुपमा संस्थापक सेयरधनी भित्राउने लगायत प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनसहितका ऐजेन्डाहरु पारित गरेको छ ।
साथै यस सभाले निर्वाचन पक्रियाबाट सञ्चालक समिती समेत चयन गरेको छ । नयाँ सञ्चालक समितीमा युरेसमान कायस्थ, आनन्ध चौधरी, कृष्ण प्रसाद खाताखो, तिर्थ राज पुरी र दिपिका प्रधान चयन भएका छन् ।
सभामा अध्यक्षले आगामी दिनहरुमा कम्पनीले अन्य आयोजनाहरुमा लगानी गर्दै जाने योजना समेत रहेको सभा समक्ष जानकारी गराएका थिए ।
कम्पनी अन्तर्गत सञ्चालनमा रहेको आयोजनाले मिती २०८२ वैशाख देखि विद्युत उत्पादन गरी बिक्री वितरण गर्दै आईरहेको छ ।
प्रतिक्रिया