स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा १९ प्रतिशत लाभांश दिने घोषणा

शनिबार, ०१ कार्तिक २०८२, १३ : ३३

काठमाडौं- स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। 

बैंकले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने घोषणा गरेको हो।

यही असोज ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

शनिबार, ०१ कार्तिक २०८२, १३ : ३३

प्रतिक्रिया