जेनजेड रेडफोर्स नुवाकोटको संयोजकमा सागर डिसी

शनिबार, ०१ कार्तिक २०८२, १८ : २८

काठमाडौं- नेकपा(माओवादी केन्द्र) निकट जेनजेड रेडफोर्स नुवाकोटको संयोजकमा सागर डिसी चयन भएका छन् । माओवादी केन्द्रले पछिल्लो जेनजी आन्दोलनपछि जेनजेड रेडफोर्स देशव्यापी र प्रवासमा समेत विस्तार गरिरहेको छ ।

जेनजेड रेडफोर्स अभियान विस्तारको नेतृत्व गरेकी माओवादी विद्यार्थी नेतृ स्मृति तिमिल्सिनाले डिसीलाई शनिबार नुवाकोट जिल्ला संयोजकको जिम्मेवारी दिएकी हुन् । डिसी जिल्लामा रहेर पार्टीको युवा भातृ संगठन वाइसिएल नेपालमा आबद्ध रहँदै आएका थिए ।

लामो समयदेखि माओवादी केन्द्रमा आवद्ध रहेर युवा संगठन वाइसिएलमा जिम्मेवारी निभाएका डिसीले पछिल्लो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताएका छन् । उनले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि जेनजेड रेडफोर्सको जिल्ला संयोजकको भूमिका निर्वाह गर्ने जानकारी दिए । 

उनले भने, ‘जेनजी आन्दोलनबाट हाम्रो मानसपटलमा नाँया सोच र परिवर्तनको आभास महसुस भएको छ । नुवाकोटका जनता पार्टी र युवाहरूको हक हितको लागि निरन्तर अग्रमोचामा रहेर आफ्नो भूमिका निर्वाह गर्ने छु ।’

शनिबार, ०१ कार्तिक २०८२, १८ : २८

प्रतिक्रिया