काठमाडौं- चांगान ग्रुप अन्तर्गतको दीपल ब्राण्डमा एकपछि अर्को सानदार एसयूभी नेपाल आउन थालेका छन् ।
नेपाल आएका अघिल्ला दुई एसयूभीभन्दा पनि कम मूल्यको एसयूभी दीपल ब्राण्डमा आउने भएको हो । चीनमा नेभो क्यू–०५ नामबाट सार्वजनिक भएको एसयूभी नेपाली बजारमा भने दीपल ब्राण्डमा आउने छ । नेपाल आउँदा यसको नाम के हुने भने तोकिएको छैन ।
सन् २०२६ को पहिलो क्वाटरसम्ममा नयाँ एसयूभी नेपाल आउने आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले जनाएको छ । कम्पनी स्रोतका अनुसार अबको ६ महिना भित्र यसको नेपालमा परीक्षण सुरु हुनेछ ।
यसलाई मूल्यका हिसावले पनि आकर्षक बनाउन कम्पनीले ४०.३ किलोवाट आवर र ५१.९ किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएको छ । यसको अधिकतम रेन्ज ३५० किलोमिटर हाराहारी हुनेछ । सीएलटीसीले भने क्रमशः ४०५ र ५०६ किलोमिटर रेन्ज भनेको छ ।
अन्तर्राष्ट्रिय बजारमा १२० किलोवाटको मोटरमा उपलब्ध हुने क्यू–०५ नेपाली बजारमा भने १०० किलोवाटभन्दा कम पीकपावर भएको मोटरमा उपलब्ध हुनेछ । त्यसको मुख्य कारण सरकारी कर हो ।
आकर्षक एसयूभी लुक्समा देखिएको क्यू–०५ को लम्बाइ ४४३५ एमएम, चौडाइ १८५५ एमएम र उचाइ १६०० एमएम छ । यसमा २७३५ एमएम लामो ह्वीलवेस दिइएको छ ।
प्रतिक्रिया