काठमाडौं- नेपाल राष्ट्र बैंकले ५० वटा बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान बापत १० अर्ब ५८ करोड रुपैयाँ भुक्तानी गरेको छ ।
सहुलियतपूर्ण कर्जाको दुरुपयोग भएको भन्दै रोकिएको अनुदान एक वर्षपछि सरकारले पुनः भुक्तानी सुरु गरेको हो। नयाँ सरकार गठनपछि अर्थ मन्त्रालयले असोज ५ गते ९ अर्ब ८० करोड रुपैयाँ निकासा गरेको थियो।
राष्ट्र बैंकका अनुसार अर्थ मन्त्रालयबाट रकम आएपछि डेटा भेरिफिकेसनको प्रक्रिया सकिएपछि बुधबार अनुदानको भुक्तानी गरिएको हो।
सरकारले युवा स्वरोजगार, कृषि, शिक्षा, पर्यटन, विपन्न वर्गलगायतका विभिन्न क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रदान गर्दै आएको छ। यस कर्जामा लाग्ने ब्याजको एक हिस्सा अनुदानस्वरूप सरकारले बेहोर्ने व्यवस्था रहेको छ।
प्रतिक्रिया