सानिमा बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

आइतबार, ०२ कार्तिक २०८२, १६ : ३२

काठमाडौं- सानिमा बैंक लिमिटेडको आज कात्तिक २ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजेदेखि बसेको २१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

उक्त साधारणसभाले चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै २ अर्ब रुपैयाँ बराबरको ‘८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ।

त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गरिएको छ भने संस्थापक समूह ‘क’ बाट ३ जना सञ्चालकको निर्वाचन र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित भएको छ। 

सञ्चालक समितिको अध्यक्षमा तुक प्रसाद पौडेल दोहोरिएका छन् भने सदस्यमा बलराम पराजुली र निशा कुम्पाख निर्वाचित भएका छन्।

 
आइतबार, ०२ कार्तिक २०८२, १६ : ३२

प्रतिक्रिया