६० किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त दावा छिरिङ फरार, पत्नी अमला पनि सम्पर्कविहीन

सोमबार, ०३ कार्तिक २०८२, १३ : ४३

काठमाडौं– माओवादी नेताहरुको शंकास्पद भूमिका देखिएको हङकङबाट ल्याउँदै गर्दा त्रिभुवन विमानस्थलबाट बरामद भएको ६० केजी सुन प्रकरणका मुख्य नाइके दावा छिरिङ जेनजी आन्दोलनको मौकामा कारागारबाट फरार भएको एक महिना नाघिसकेको छ ।

माओवादी नेतृ अमला रोकाको श्रीमान भनिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ ६० केजी सुन तस्करी प्रकरणका मुख्य अभियुक्तका रुपमा कारागारमा रहेका थिए । गत भदौ २४ गत् जेनजी आन्दोलनका क्रममा कारागार तोडफोड गदैै देशभरका कैदीबन्दी फरार भएका थिए । त्यसक्रममा दावा सहित उक्त सुनतस्करी प्रकरणका १८ जना अभियुक्त फरार भएका हुन् । 

उनीहरु नख्खु कारागार र सुनधारास्थित केन्द्रीय कारागारबाट फरार भएका हुन् । प्रहरीले सूचना जारी गरी सम्पर्कमा आउन आग्रह गरे पनि उनीहरु भागेको एक महिनासम्म पनि पक्राउ र सम्पर्कमा आएका छैनन् । 

कारागारबाट फरार भएको एक महिना पुगिसक्दा पनि नआएकाले नेपालबाहिर पुगिसकेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । माओवादी नेता वर्षमान पुन र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग निकट सम्बन्धमा रहेकी मुख्य अभियुक्त दावापत्नी अमला समेत सम्पर्कविहीन भएको स्रोतले जनाएको छ ।

अमला पनि सोही सुन तस्करी प्रकरणमा पक्राउ परेर धरौटीमा छुटेकी हुन् । रोल्पाकी अमला रोका माओवादी निकट रोल्पा काठमाडौं सम्पर्क समितिको उपाध्यक्ष समेत हुन् । 
उनको माओवादी नेता वर्षमान पुन र उनकी श्रीमती ओनसी घर्ती सहित पूर्वउपराष्ट्रपति पासाङ र उनका र्दु पुत्र दीपेश र जितेन्द्रसँग पारिवारिक सम्बन्ध रहेको बताइन्छ ।

माओवादी नेताहरुको सुन काण्डमा शंकास्पद भूमिका रहेको चर्चा चलिरहेको बेला सुन तस्करी प्रकरणका अभियुक्तसँगको सार्वजनिक तस्विरले थप संशय उत्पन्न गराएको थियो । त्यतिबेला यिनै माओवादी नेताहरुले सहिद परिवारको भन्दै आफ्नो बचाउमा उत्रिएका थिए ।

हेर्नुहोस् तस्बिर

पूर्व सभामुख ओनसरी घर्ती र माओवादी नेता वर्षमान पुनसँग दावा छिरिङ (दायाँ)

तर, अमलाका पहिलेका श्रीमानको माओवादी जनयुद्धमा निधन नभएर रोल्पामा युवाहरुको आपसी झडपमा निधन भएको रोल्पाका माओवादी नेताहरु बताउँछन्। माओवादी निकट रोल्पा काठमाडौं सम्पर्क मञ्चकी पूर्वउपाध्यक्ष समेत रहेकी रोकाको पहिलेको श्रीमानबाट एक छोरीसमेत छिन्। दावा छिरिङसँग उनको दोस्रो बिहे हो ।

सुन काण्डमा पक्राउ परेका चिनियाँ मूलका बेल्जीयन नागरिकसँग रोल्पा थवाङ गाउँपालिका ७ मरन्ठानाकी अमला रोकाको वैवाहिक सम्बन्ध रहको खुलेपछि माओवादी नेताहरुसँगको सम्बन्ध थप रहस्यमयी बनेको छ।

अमला रोकाको विहेका कारण दावा छिरिङसँग माओवादी उपमहासचिव वर्षमान पुन दम्पत्तिसँग निकटता बढेको बताइएपनि उनको विवाह माओवादी नेताहरुकै योजनामा भएको बुझिएको छ।

हेर्नुहोस् तस्बिर

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको परिवार र अन्य व्यक्तिहरूसँग अमला (दायाँबाट दोस्रो)

माओवादी नेता वर्षमान पुन दम्पत्तिसँग निकट सम्बन्धमा रहेकी रोकाको अर्का माओवादी नेता तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनसँग समेत पारिवारिक सम्बन्ध रहेको तथ्य उजागर भएको थियो ।

उनले हरेक चाडपर्व पूर्वउपराष्ट्रपति पुन र माओवादी नेता वर्षमानको परिवारसँग विगतदेखि हालसम्मै मनाउँदै आएको र नितान्त पारिवारिक सम्बन्ध रहेको स्रोत बताउँछ।

पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पुनले नै रोकामार्फत उनका श्रीमान सुन तस्करीका हाल फरार अभियुक्त दावा छिरिङसँग अन्य माओवादी नेताहरुको सम्बन्ध जोडिदिएको स्रोतले बतायो।

पक्राउ परेका चिनियाँ नागरिकसँग उनको विहेको तारतम्य समेत यीनै माओवादी नेताहरुले मिलाएको बताइन्छ। यद्यपि उनको विहेलाई कतिपयले नाटकीय प्रपञ्च भएको समेत बताउँछन्। उनको विहेको हालसम्मै आधिकारिकता पुष्टि हुने कुनै आधार नभएको स्रोतको दाबी छ।

अवैध कारोबारको साझेदारीका लागि माओवादी नेताहरुसँगको सम्बन्ध बनाउन र विदेशी लगानी नेपालमा आफ्नो नाममा गर्न विहेको नाटक गरिएको उनी निकट स्रोत बताउँछ।

सुन तस्करी प्रकरणका मुख्य योजनाकारसँग रोल्पाकी चेलीको विहे गराउन मुख्य भूमिका खेलेका माओवादीका नेताले नै आफ्नो बचाउमा आठ वर्ष अघिको तस्विर भन्दै पन्छिन खोजेको निकटस्थ स्रोत बताउँछ।

यसअघि दावा पक्राउ परेको ठमेलको भियना होटेल दावा छिरिङ आफूले लगानी गरेर पत्नी अमला रोकाको नाममा राखिदिएको जानकार स्रोतको दाबी छ ।

 

 

 
 
 
 
 
सोमबार, ०३ कार्तिक २०८२, १३ : ४३

प्रतिक्रिया