काठमाडौं- नेकपा(माओवादी केन्द्र)का नेता एवं पूर्वउर्जामन्त्री जनार्दन शर्माले उज्यालोको पर्व दिपावलीको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै लोडसेडिङ मुक्त देश बनाउँदाको क्षण स्मरण गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत दिपावलीको अवसरमा शुभकामना व्यक्त गर्दै तत्कालीन अवस्थामा निकै महत्वकांक्षी लाग्ने १८ घण्टासम्मको लोडसेडिङ अन्त्यमा आफ्नो भूमिका, चुनौती र कर्मचारीहरुको सहयोगका बारेमा प्रष्ट पारेका हुन् । उनले उज्यालो नेपालको अभियान सफल बनाउन आफ्नो भूमिका र कर्मचारीको साथ र सहयोगको पनि खुलेरै प्रशंसा गरेका छन् भने असहयोगको पनि चर्चा गरेका छन् । साथै उनले लोडसेडिङ अन्त्य सम्भव बनाउन सहयोगी भूमिका खेल्ने सबैलाई धन्यवाद दिएका छन् ।
प्रतिक्रिया