मौसम पूर्वानुमान

मौसम प्रणालीको प्रभाव न्यून, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

मंगलबार, ०४ कार्तिक २०८२, ०७ : २३

काठमाडौं- हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । बुधवार भने सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेश थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना  रहेको छ । 

मंगलबार, ०४ कार्तिक २०८२, ०७ : २३

प्रतिक्रिया