बालेनकाे प्रश्न- चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्न लाज लाग्दैन ?

बुधबार, ०५ कार्तिक २०८२, १९ : ४०

काठमाडौं- महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई ‘लुसिफर’ भनिएकोप्रति आक्रोश पोखेका छन् । उनले आफूलाई आरोप लगाउनेहरू नै लुसिफर रहेको टिप्पणी गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमा स्टाटस लेखेर प्रश्‍न गरेका छन्, ‘आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बालबच्चालाई दिन्छौ ! चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर भन्छौ ! लाज लाग्दैन ?

उनले लेखेका छन्-

तुइन र काठको पूल बनाउने नेताहरु भन्छन ,
यो देश विदेशीले बिगार्यो,

Visa पाउनलाई तिमीहरुको घर धाउनु पर्छ , 
अरुलाई एजेन्ट भन्छौ !!!

आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ , 
काङ्रेसले एमालेको जलाउछ , दोश आफ्नो बाल बच्चालाई दिन्छौ !

चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ !

लाज लाग्दैन ?

बुधबार, ०५ कार्तिक २०८२, १९ : ४०

प्रतिक्रिया