मौसम पूर्वानुमान

आज कस्तो रहला देशभरको मौसम ?

शनिबार, ०८ कार्तिक २०८२, ०७ : २६

काठमाडौं- हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो सबै प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू(भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आज राति पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

शनिबार, ०८ कार्तिक २०८२, ०७ : २६

प्रतिक्रिया