ट्रायम्फ मोटरसाइकलले नेपालमा मनायो पहिलो वार्षिकोत्सव

शनिबार, ०८ कार्तिक २०८२, १२ : २५

काठमाडौं- बेलायती प्रिमियम मोटरसाइकल ब्रान्ड ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लिले नेपालमा आफ्नो पहिलो वर्ष सफलतापूर्वक पूरा गरेको छ।

सन् २०२४ मा सुरुवात गरेको ट्रायम्फ नेपालका मोटरसाइकल प्रेमीहरूको मन जित्न सफल भएको छ। ब्रान्डले क्राफ्टस्म्यानशिप, परफर्मेन्स र एडभेन्चर एकैसाथ प्रस्तुत गर्दै प्रिमियम सेग्मेन्टमा बलियो उपस्थिती बनाएको छ।

ट्रायम्फ नेपालले छोटो अवधिमै उल्लेखनीय सफलता हासिल गरेको छ।

देशव्यापी विस्तार:

मुख्य सोरूम नक्साल, काठमाडौंबाट सुरु भएको ट्रायम्फ नेटवर्क अहिले पोखरा, बुटवल, इटहरी र भक्तपुरसम्म पुगेको छ। चितवनमा नयाँ सोरूम पनि चाँडै सञ्चालनमा आउने तयारीमा छ।

रेकर्ड डेलिभरी र सफल लन्च:
NADA Auto Show 2024 मा ट्रायम्फको डेब्यु र त्यसपछि आयोजित Triumph Day मा एउटै दिन २०० भन्दा बढी मोटरसाइकल वितरण गरिँदा, यो नेपालकै सबैभन्दा चर्चित प्रिमियम बाइक लन्चमध्ये एक बनेको थियो।

राइडर समुदाय र यात्राहरू:

“इकोज अफ द लस्ट किङ्डम -एपिक राइड” – “मुस्ताङ राइड” जस्ता एड्भेन्चर राइडहरू मार्फत ट्रायम्फले उत्साही राइडरहरूको समुदाय निर्माण गरेको छ। द जेन्टलम्यान्स क्लब मार्फत देशभरका ट्रायम्फ ओनरहरू एउटै प्लेटफर्ममा जोडिँदै स्वतन्त्रता र सह–यात्राको भावना बाँडिरहेका छन्।

आफ्टर–सेल्स र सर्भिस कमिटमेन्ट:

ग्राहक सन्तुष्टि ट्रायम्फको प्रमुख प्राथमिकता हो। सबै डिलरशिपहरूमा विश्वस्तरको सर्भिस, वारन्टी र जेनुइन पार्ट्स उपलब्ध छन्।

“पहिलो वर्ष नै हाम्रो लागि अविश्वसनीय अनुभव रह्यो,” ट्रायम्फ नेपालका म्यानेजर सागर थापा भन्छन्, “Speed 400 र Scrambler 400X प्रति ग्राहकको प्रतिक्रियाले हामीलाई उत्साहित बनायो। ट्रायम्फ अब केवल बाइक होइन, यो प्रिमियम परफर्मेन्स र लाइफस्टाइलको प्रतीक बनेको छ। हामी हाम्रो ग्राहक र सम्पूर्ण राइडर समुदायप्रति हृदयदेखि आभारी छौं।”, उनले थपे, “अब हाम्रो भिजन देशभर ट्रायम्फलाई अझ सहज रूपमा उपलब्ध गराउने र नयाँ मोडेलहरू ल्याउनेमा छ। हामी चाहन्छौं कि प्रत्येक राइडरले ‘Ride with Pride’ को अनुभव गर्न सक्नुहोस्।”

 
शनिबार, ०८ कार्तिक २०८२, १२ : २५

प्रतिक्रिया