काठमाडौं– आफूलाई दलित अभियान्ता बताउँदै दलितका लागि दलित अभियान सञ्चालन गरेका खगेन्द्र सुनार मन्त्री बन्ने निश्चित भएको छ । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्न लागेका हुन् । उनको नाम प्रधानमन्त्रीको कार्यालयबाट राष्ट्रपति कार्यालयमा सिफारिस भइसकेको छ ।
आज दिउँसो राष्ट्रपति निवास शितल निवासमा सुनारसहित अन्य चार जनाले मन्त्रीको शपथ लिँदैछन् । उनीसहित भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्रीमा गणपतिलाल श्रेष्ठ, स्वास्थ्यमन्त्रीमा सुधा गौतम, युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ताले राष्ट्रपति रामचन्द्र पौडेलसँग शपथ लिन लागेका हुन् ।
सुनार लामो समयदेखि दलित अधिकारकर्मीका रुपमा आफूलाई प्रस्तुत गर्दैै माइतीघर मण्डलामा ‘दलितलाई खै ?’ लेखिएको ब्यानर बोकेर आफ्नो शरिरमा नेल लगाउँदै दलित अधिकारका पक्षमा प्रदर्शन गर्दै आएका थिए ।
प्रतिक्रिया